चाडवाडमा सुरक्षा मागसहित सिडिओ भेट्न पुगे व्यापारी
पाेखरा | असोज १०, २०७९
पोखराः पोखरा उद्योग वाणिज्य संघले चाडपर्वमा उद्योगी÷व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न सरोकारवालासँग आग्रह गरेको छ ।
संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी तथा कास्की प्रहरी प्रमुख अजय केसीलाई भेटेर सो आग्रह गरेको हो ।
भेटका अवसरमा संघका अध्यक्ष प्रजापतिले चाडबाडको बेला हुने किनमेललाई सहजता प्रदान गर्न आग्रह गर्दै भने,‘चाडबाडमा किनमेल गरिएका सामान बोक्ने गाडीहरुलाई मुख्य सडक क्षेत्रमा सहजतासाथ प्रवेश गर्ने वातावरण निर्माण होस्,अत्यावश्यक सामान वितरण गर्ने गाडीलाई अवरोध नगरियोस् ।’
उनले न्यूरोड क्षेत्रमा भएका फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री पसलहरुले बिक्री गरिएका सामान ग्राहककहाँ पु¥याउन समस्या भोगेको गुनासो सम्वोधनको आग्रह पनि गरे । चाडबाडमा व्यवसायीहरुले सहजता महशुस गरे राजश्व बृद्धिमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । अध्यक्ष प्रजापतिले बजार अनुगमनको नाममा व्यवसायीहरुको मानमर्दन नगर्न तथा एकद्धार प्रणालीबाट अनुगमन गर्न आग्रह पनि गरे ।
जवाफमा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आफू निजी क्षेत्रको मागप्रति सकारात्मक भएको प्रतिक्रिया दिए । उता, कास्की प्रहरी प्रमु्ख अजय केसीले दशैं तिहार लक्षित सुरक्षा योजना निर्माण भएको र त्यसले व्यवसायीहरुका माग संवोधन गर्ने बताए ।
प्रतिनिनिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की,महासचिव बलराम आचार्य, कोषाध्यक्ष दिनेश बास्तोला, उपमहासचिव शोभा पौडेल र कार्यसमिति सदस्य जीवनकाजी श्रेष्थ सहभागी थिए ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

